दफा
अनुवादकको योग्यता

(१) कानूनमा स्नातक गरी निजामती सेवाको राजपत्राङ्कित अधिकृतको रुपमा कार्यरत वा नेपाल नोटरी पब्लिक परिषदबाट कानूनी लिखत अनुवाद सम्बन्धी इजाजत पत्र प्राप्त व्यक्ति मात्र अनुवादका लागि योग्य हुनेछन् ।
(२) अनुवाद सम्बन्धी काम गराउदा अनुवादकको कानून अनुवाद सम्बन्धी पूर्व अनुभव, आयोगले अनुवादकलाई पहिले दिएको कामको गुणस्तर र समयमा कार्य सम्पन्न गरे नगरेको समेतका कुराहरुलाई विचार गरी अनुवादको काम दिन सक्नेछ ।